७ पुस २०८१, आइतबार

माओवादी केन्द्रको निष्कर्ष: वर्गीय दृष्टिकोण बोधो हुँदा पार्टी खुम्चिँदै गयो

प्रकाशित मिति :  29 July, 2024 6:20 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाइ जनतामा जाने कुरामा जोड दिएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा र वर्गसमुदायमा जाने निस्कर्ष निकालेको बताएको हो ।

बैठकबारे जानकारी दिँदै नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले शुक्रवारदेखि सोमवारसम्म १८ जनाले आफ्ना धारणा राखेकाे र अधिकांशले पार्टी शुद्धिकरण र जनतामा जाने कुरामा जोड दिएकाे पनि जानकारी दिए ।

उनले पार्टी खुम्चिँदै जानुमा जनतामा कम जानु र वर्गसमुदायबाट टाढा रहनु रहेको निस्कर्षमा नेताहरुको रहेको पनि बताए ।
“शुद्धिकरणको माध्यमबाट पार्टीलाई एकतावद्ध बनाइ जनतामा जाने कुरामा जोड दिइएको छ । पार्टी खुम्चिँदै जानुमा वर्गसँगको सम्बन्धमा कमी आउँदै जानु भन्ने रहेको छ । वर्गीय दृष्टिकोण भुत्ते, बोधो भयो, वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको छ । यसमा पनि हाम्रो व्यापक छलफल भएको छ । वर्ग र जनतासँग फर्किनुपर्छ भन्ने निचोड रहेको छ,”उनले भने ।

प्रवक्ता सापकोटाले पार्टीको वर्गीय दृष्टिकोण बोधो भएको र वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको निस्कर्ष निकालेको बताए ।



प्रतिक्रिया दिनुहोस !