१७ कार्तिक २०८१, शनिबार

रुपन्देहीको सियारी गाँउपालिकामा ५५३ जनालाई लालपुर्जा वितरण

प्रकाशित मिति :  29 July, 2024 6:34 pm


रूपन्देही । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षौदेखि बसोबास गरिरहेका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा वितरण गरेका छन् ।

मन्त्री अधिकारीले आज रुपन्देहीको सियारी गाँउपालिका-४ मा रहेका १९ वटा गाँउब्लकहरूको नापी नक्सा पुरा भएका ५५३ वटा लालपुर्जा वितरण गरेका हुन् । लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरू खुशी भएका छन् ।

लालपुर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमि आयोग गठनको अन्तिम तयारीमा रहेको बताउदैं भूमिहिनको समस्या स्थायीरुपमा समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सरकारले पाँच लाख भूमिहिन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको उनले जानकारी दिए ।

गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले मन्त्री अधिकारीका कारण लालपुर्जा वितरण सम्भव भएको बताए ।



प्रतिक्रिया दिनुहोस !