६ माघ २०८१, आइतबार

बेरुजु नरहोस् भन्नेमा सरकारले जोड दिएको छः प्रधानमन्त्री

प्रकाशित मिति :  30 July, 2024 5:27 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बेरुजु नरहोस् भन्ने कुरामा जोड दिएर काम गरिरहेको बताएका छन् ।

मंगलवार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा प्रधानमन्त्री ओलीले यस्तो बताए । बेरुजुको मात्रा बढी देखाएर केही फाइदा नरहेको भन्दै डिक्लियर बेरुजुलाई कसरी समाधान गर्ने भन्नेमा संसदमा छलफल गरिरहेको बताए । उनले त्रिभूवन विश्वविद्यालयको बेरुजु नबढेको पनि बताए । उनले अहिले त्रिविको बेरुजु २८ अर्बको देखिएपनि २ वर्षको संपरीक्षण गर्न नपाउँदा ६ अर्ब बढी बेरुजु देखिएको बताए ।

उनले २ वर्षको संपरीक्षण गर्ने हो भने २२ अर्बमात्रै बेरुजु रहेको बताए । बेरुजु बढेर भयावह स्थिति भएको नभइ पहिलाको स्थितिमा खासै सुधार ल्याउन नसकिएको बताए ।

उनले भने,”लगभग ६ अर्ब त्रिभूवन विश्वविद्यालयको बेरुजु फछ्र्यौट भएको स्थितिमा छ । अहिलेको यथार्थ बेरुजु भनेको २२ अर्ब लगभगको स्थितिमा छ । तर २२ अर्बको स्थितिलाई महालेखा परीक्षणले संपरीक्षण गरिदिन पायो भने त्यो क्लियर हुन्छ । संपरीक्षण गर्न नपाएको हुनाले २८ अर्ब नै रहन गएको छ भन्नेकुरा बजेटमा प्रश्तुत भएको हो । यो राम्रो कुरा होइन तर ५५ देखि ६१ सम्म आउँदा सरदरमा १ अर्ब घटेको देखिन्छ ।”

प्रधानमन्त्री ओलीले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्दा कुनै समस्या नआउने पनि स्पष्ट पारे । अन्तिममा प्रधानमन्त्रीमै गएर समस्याहरु जुध्ने भएकाले विश्वविद्यालयका समस्या विभिन्न ठाउँमा पु¥याइ धाइरहनु भन्दा प्रधानमन्त्री नै कुलपति भएको खण्डमा सिधा सम्पर्क रहने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !