३ माघ २०८१, बिहिबार

समितिको अहिलेसम्मको अध्ययनले वचत परिचालनको निम्ति सहकारी आवश्यकता देखिएनः सभापति थापा

प्रकाशित मिति :  31 July, 2024 7:57 am


काठमाडौँ। सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले वचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन्।

मंगलवार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन्।

उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको चर्चा गर्दै अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले वचत तथा ऋण सहकारी धेरै भएको बताए।

सभापति थापाले देशले धान्न नसक्ने गरी वचत तथा ऋण सहकारी रहेको पाइएको जनाए । सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या देखिएको चर्चा गर्दै सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए।

उनले वचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले २०७७÷०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरुका एउटा शाखा पु¥याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको जनाए।

सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलाभमा चल्ने सहकारी काठमाडौं शहरमा भेटिएको थापाले जानकारी गराए। उनले सहकारीमा १४ करोडसम्म वचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा वचत गर्नु गैरकानूनी भएको बताए।

थापाले १० लाख भन्दा बढी वचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरुले पाइने विषय राम्रो नभएको टिप्पणी गरे । उनले समितिले छानविन गर्नु पर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको पनि बताए।

थापाले भने, “सुशासनको सन्र्दभमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले सकाए । छानविन गर्नु पर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसका सहकारी छन् । १७ वटा सहकारीमा १७ थरिका औतारी छन् । ती सहकारी होइनन् । ती सहकारी कसले दर्ता गरे खोजिका विषय भएका छन् । सहकारीमा देखिको अहिलेको गम्भिर समस्या सहकारी अभियान्ताहरुको पनि असफलता हो ।”

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !