३ माघ २०८१, बिहिबार

उपत्यकाका विभिन्न स्थानमा डुबान, ३६ जनाको उद्धार

प्रकाशित मिति :  31 July, 2024 10:41 am


काठमाडौँ । भारी वर्षासँगै काठमाडौंँका नदी–खोलामा आएको बाढी बस्ती पसेको छ । बाढीले काठमाडौँ उपत्यकाका खोलाका नजिकका बस्तीको जनजीवन प्रभावित भएको छ ।

उपत्यकाका विभिन्न स्थानमा डुबानमा परेका ३६ जनालाई उद्धार गरिएको पेहरीले जनाएको छ । काठमाडौंबाट १२ जना र ललितपुरबाट २४ जनाको उद्धार गरिएको हो ।

प्रहरीका अनुसार कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना ललितपुरको सुन्दरीघाटबाट ८ जना, युएन पार्कबाट २ जना, बालकुमारी पुलबाट १ जना, महालक्ष्मी नगरपालिका- ७ स्थित चागाँथलीबाट ७ जना र सानेपा राम मन्दिरबाट ६ जनाको उद्धार गरिएको छ।

मंगलवार राति भएको अविरल वर्षासँगैको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो ।

बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरु जलमग्न भएका छन् । नदी किनारका सडकहरु, होटल, विद्यालय डुबानमा परेका छन् । अहिले पानी पसेको कोठाहरुबाट पानी निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !