११ पुस २०८१, बिहिबार

बल्खु खोलाले बगाउँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  31 July, 2024 10:52 am


काठमाडौँ । बल्खु पुलमुनि आज (बुधबार) बिहान एक पुरुषको शव फेला परेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयकाका अनुसार बाँके घर भई सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ४५ वर्षीय रामसरुप महतोको शव फेला परेको हो ।

बल्खु खोलाले बगाएर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !