१० पुस २०८१, बुधबार

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै बाहिर आउने कुराको अन्त्य गर्छौंः मन्त्री गुरुङ

प्रकाशित मिति :  31 July, 2024 4:54 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद्का निर्णय सार्वजनिक हुनु अगावै सूचना दिनेकुराको अन्त्य गर्ने बताएका छन् ।

सरकारले असार ३१ गते मन्त्रीपरिषद् बैठक बसेको २४ घण्टापछि मात्रै निर्णय सार्वजनिक गर्ने बताएको थियो । तर सरकारले लागू गर्न नसकेपछि सञ्चारकर्मीहरूले जिज्ञासा राखेका थिए ।

सञ्चारकर्मीहरूको जिज्ञासामा मन्त्री गुरुङले नियममा, ओहदामा बस्नेहरुले सरकारको निर्णय चुहाउन नहुने र सरकारको प्रवक्ताले नै २४ घण्टापछि सार्वजनिक गर्ने बताए ।

उनले आगामी दिनमा सूचना चुहाउन नदिन सरकार लाग्ने बताए। मन्त्रीहरू, मुख्यसचिव, सहसचिव जसको माध्यमबाट भएपनि सूचना चुहुन नदिन आग्रह गरे ।

“साँच्चिकै नियममा, ओहदामा बस्ने सरकारको प्रवक्ताले भनेको अनुसार रहेर हामीले २४ घण्टामभित्रै सुन्छौँ भन्नेलाई मर्का पक्कै परेको छ । मेरो मनमा पनि प्रश्न उठेको छ । यो हाम्रो समस्या हो । क्याबिनेटमा भएको मन्त्रीपरिद्को प्रवक्ताले यस्तो कुरा भनेको छैन । मैले भन्नै मिल्दैन । हाम्रो नियम, पद्धतिले नभन्नु भनेको छ । तर चुह्यो । चुह्यो त पक्कै मन्त्रीहरूबाट, मुख्यसचिव, सहसचिवहरुबाट चुह्यो । अब समस्या समाधान हुँदै जान्छ,” उनले भने ।

उनले सुरूका दिनमा केही समस्या भएपनि आगामी दिनमा समाधान गर्दै जाने बताए ।



प्रतिक्रिया दिनुहोस !