१८ पुस २०८१, बिहिबार

सरकारले कारागारका बालबालिकालाई राम्रो विद्यालयमा अध्ययन गर्ने व्यवस्था गर्नुपर्छः सांसद प्रसाईं

प्रकाशित मिति :  31 July, 2024 5:00 pm


काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रसकी सांसद सरिता प्रसाईंले कारागारमा रहेका आश्रित बालबालिकाहरूलाई बाहिर ल्याएर अध्ययनको व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् । हाल कारागारमा ७६ जना बालबालिका आश्रित अवस्थामा रहेको सरकारी डाटा उल्लेख गर्दै उनले उनीहरूलाई सरकारले बाहिर ल्याएर राम्रो विद्यालयमा पठनपाठनको व्यवस्था गर्नुपर्ने बताइन् ।

उनले थोरै संख्यामा रहेका ती बालबालिकाहरूलाई राज्यले बाहिरनै राखेर पठनपाठनको व्यवस्था गर्न सके राम्रो सांसद प्रसाईंको भनाइ थियो । उनले भनिन्, “कारागारमा ७६ जना आश्रित बच्चाहरू रहेछन् । त्यो ७६ जना आश्रित बच्चाहरूलाई हामीले बाहिर ल्याएर राम्रो स्कुलमा बढाउन सक्छौं । यो व्यवस्था गर्न सकिन्छ कि । त्यसले गर्दा त्यो माहौलबाट बच्चाहरू बाहिर आउछन कि रु भन्ने मेरो एउटा सुझाव छ ।”

सांसद प्रसाईंले ज्यानमार्ने उद्योग अन्तर्गतको कैदीलाई छुट्टै कारागारमा राख्ने व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइन् । गृहमन्त्री रमेश लेखकसहितको उपस्थितिमा बसेको बैठकमा उनले अन्य कैदीहरू र उनीहरूबिच झडप हुने स्थिति समेत हुने भएकाले उनीहरूलाई छुट्टै कारागारमा राख्ने व्यवस्था गर्न उपयुक्त हुने तर्क समेत गरिन् ।



प्रतिक्रिया दिनुहोस !