२६ पुस २०८१, शुक्रबार

बसेरा होटलमा एमाले सचिवालय बैठक सुरू

प्रकाशित मिति :  1 August, 2024 1:18 pm


काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ। बिहीबार दिउँसो काठमाडौँस्थित बसेरा होटलमा एमाले सचिवालय बैठक सुरू भएको हो।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्। नेताहरूको कार्यविभाजन गर्न, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे एमाले सचिवालय बैठकमा छलफल हुनेछ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बाढी पसेकोले बसेरा होटलमा सचिवालय बैठक बसेको हो ।



प्रतिक्रिया दिनुहोस !