१२ पुस २०८१, शुक्रबार

वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल हुँदैनः मन्त्री चौधरी

प्रकाशित मिति :  1 August, 2024 3:42 pm


काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मुल समारोह समितिको बैठकमा बोल्दै बिहीवार सिंहदरबारमा उनले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमुलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने बताएका हुन् । उनले देशका युवाहरू नेपालमै बस्ने योग्य बनाउन नसकेसम्म युवा दिवस मनाउनुको औचित्य नहुने बताए । उनले युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गर्नुपर्ने बताए ।

“हाम्रा देशका युवाहरू जबसम्म नेपालमै बस्ने योग्य बनाउँदैनौँ, हाम्रा युवालाई रोजगारी सिर्जना गर्नसक्नुहुन्न, बहस र छलफलमा अघि बढाउन सक्नुहुन्न, तबसम्म राम्रो हुँदैन । धेरे बालबालिकाहरू अहिले पनि पढ्न सकेका छैनन्,” उनले भने ।

मन्त्री चौधरीले युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर सभ्य,भव्य नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !