एमालेमा प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर
प्रकाशित मिति : 1 August, 2024 4:49 pm
काठमाडौँ । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ ।
बिहीबार हनुमानस्थानस्थित होटेल बसेरामा बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दै इन्चार्ज तोकेको हो । बैठकले सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरू प्रदेश इन्चार्ज फेरेको हो ।
जसअनुसार कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ ।
त्यस्तै, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।