८ मंसिर २०८१, शनिबार

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, पाँच प्रदेशमा भारी वर्षा हुने

प्रकाशित मिति :  2 August, 2024 6:35 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

शुक्रवार बिहानीपख देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरु साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको साथै मधेश र कोशी प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको विभागको पूर्वानुमान छ ।



प्रतिक्रिया दिनुहोस !