७ मंसिर २०८१, शुक्रबार

साउदी अरेबियाको सार्वजनिक लगानी कोषले इजिप्टमा लगानी बढाउने

प्रकाशित मिति :  2 August, 2024 10:23 am


काठमाडौँ । साउदी अरेबियाको सार्वजनिक लगानी कोषले इजिप्टमा आफ्नो लगानी बढाउने र इजिप्टमा रहेको आफ्नो निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने योजना बनाएको छ ।

साउदी अरबका लगानी मन्त्री खालिद अल–फलेहले यसबारेमा जानकारी दिए । कायरो भ्रमणमा रहेका साउदी प्रतिनिधिमण्डलको नेतृत्व गरेका अल–फलेहले इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीसँगको भेटमा उक्त टिप्पणी गरे ।

उनीहरूले इजिप्टमा लगानीका अवसरहरू र दुई देशबीचको संयुक्त लगानी बढाउने उपायहरूबारे छलफल गरे । साउदी मन्त्रीले इजिप्टमा साउदी अरबलाई सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा वर्णन गर्दै इजिप्टमा साउदीको लगानी दोगुणा गर्न इजिप्टका अधिकारीहरूसँग काम गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !