कक्षा १२ को नतिजा: ४७.०९ प्रतिशत ‘नन ग्रेडेड’
प्रकाशित मिति : 2 August, 2024 12:00 pm
काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीरअनुत्तीर्ण) भएका छन् ।
परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थीहरू सहभागी थिए ।
देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।