१० पुस २०८१, बुधबार

टिआरसीमा भएको सहमति उल्टिने काम नहोस्ः महासचिव गुरुङ

प्रकाशित मिति :  2 August, 2024 2:50 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक(टिआरसी)मा दलहरूका बिचमा भएको सहमतिबाट पछाडी फर्किनु नहुने बताएका छन् ।

महासचिव गुरुङले विगतमा पनि पटक–पटक टिआरसीको अन्तरवस्तुमा सहमती भएपनि उल्टिने गरेको भन्दै यसपटक सहमतीबाट पछाडी फर्किनु नहुने बताएका हुन् । उनले विगतमा सहमती कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरू उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडी बढ्नेमा आफूहरू आशावादी रहेको बताए ।

उनले सहमती कार्यान्वयन गर्नका लागि दलहरुलाई आग्रह समेत गरे। उनले टिआरसीको विषय टुंग्याउन निकै विलम्व भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि आग्रह गरे ।

“टिआरसीलाई राजनीति गर्ने भाँडो नहोस् भन्ने कुरामा हाम्रो आग्रह हो । १७\१८ वर्षसम्म यसलाई जुन ढंगले अवरोध गर्ने, गराउने । सहमती गर्ने फेरि उल्टिने, सहमती गर्ने फेरि उल्टिने गरेर अवरोध गरेको गरेकै कारणले १७\१८ वर्ष बित्यो । त्यसकारणले अब त्यसरी उल्ट्याउने काम नहोस् भन्ने हाम्रो आग्रह हो । बिगत कालको जस्तो पटक–पटक उल्टिने काम नहोस् भन्ने कामना हो”, उनले भने ।



प्रतिक्रिया दिनुहोस !