प्रतिनिधिसभाको बैठक सर्यो
प्रकाशित मिति : 2 August, 2024 4:37 pm
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सरेको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सारिएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले बैठक सारिएको पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।