२ माघ २०८१, बुधबार

विद्युत प्राधिकरणसँग लेखा समितिले माग्यो ‘टीओडी’ मिटरको तथ्यांक

प्रकाशित मिति :  3 August, 2024 10:25 am


काठमाडौँ। सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग टाइम्स अफ डे ९टीओडी० मिटरको तथ्यांक मागेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रवारको वैठकपछि प्राधिकरणसँग टीओडी मिटरको डेटा माग्ने निर्णय गरेको हो ।

समिति सभापति ऋषिकेश पोखरेलले टीओडी मिटरको प्रष्टता के हो प्राधिकरणसँग माग गर्ने बताए। प्राविधिक भए पनि समितिले सधैँ सिद्धान्तमा मात्रै छलफल गरेको उनको भनाइ छ ।

उनले समितिसँग उपलब्ध भएका सम्पूर्ण तथ्य र प्रमाणहरुसहित तयारी गर्ने जनाए। तीन दिनभित्र सांसदहरुसँग भएका प्रमाणहरु सचिवालयमा उपलब्ध गराउन निर्देशन दिएका छन्।

उनले सबै तथ्य, प्रमाण र कानूनका आधारमा सचिवालयले पाँच दिनभित्र प्रतिवेदन तयार गर्न निर्देशन दिएका हुन्।

समितिसँग भएका तथ्य,प्रमाण र कानूनका आधारमा आधारमा ५ दिनमा प्रतिवेदन तयार पारी अर्को वैठकमा उद्योगी र प्राधिकरणबीच विवाद सुल्झाउने निर्णय गरिने जानकारी गराए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !