२ माघ २०८१, बुधबार

वर्तमान सरकार राजनीतिक स्थिरता र स्थायित्वका लागि होः उपप्रधानमन्त्री सिंह

प्रकाशित मिति :  3 August, 2024 1:12 pm


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार राजनीतिक स्थिरता र स्थायित्व दिनका लागि बनेको बताए।

राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने सिंहको भनाइ छ। उनले सामाजिक परिवर्तनका लागि पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले विगतमा झैँ अहिले पनि साथ र सहयोग गर्न आग्रह गरे।

सिंहले भने, “संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर राजनीतिक स्थिरता, स्थायित्व दिनका लागि बनेको यो सरकार हो । यही राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने प्रतिवद्धतासहित सामाजिक परिवर्तनका लागि हामी गएका छौँ ।”

उपप्रधानमन्त्री सिंहले सबैले साथ र सहयोग गरे आर्थिक विकास र समृद्धि सम्भव रहेको पनि बताए।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !