२० मंसिर २०८१, बिहिबार

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउन सरकार लागिरहेको छ: प्रधानमन्त्री ओली

प्रकाशित मिति :  3 August, 2024 4:00 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याउन सरकार लागिरहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री ओलीले ती विमानस्थललाई कसरी पूर्ण क्षमतामा चलाउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन दिन कार्यदल बनाएको जानकारी दिए । ओलीले भैरहवा विमानस्थलमा साताको चारवटा उडान सञ्चालनका लागि हिजोदेखि अनुमति दिएको पनि जानकारी दिए ।

“थाई एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्याण्ड उडान अनुमति पाएको छ, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौं, हिजो हामीले यस सम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेका छौं,” ओलीले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस !