११ कार्तिक २०८१, आइतबार

प्रधानमन्त्री ओलीले गरे ‘नमेटिने घाउ’ को डबिङ

प्रकाशित मिति :  3 August, 2024 5:08 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अभियन गरेको चलचित्रमा शनिबार आवाज (डबिङ) दिएका छन् । अनामनगरस्थित एक स्टुडियोमा उनले चलचित्र ‘नमेटिने घाउ’मा डबिङ गरेका हुन् ।

यो चलचित्रमा ओली प्रधानमन्त्रीकै भूमिकामा छन् । ११ वैशाखमा ओलीको भूमिका एमाले मुख्यालय च्यासलमै सुटिङ गरिएको थियो ।

चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । फिल्म अभिनेता रमित ढुङ्गाना छन् । यो चलचित्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !