४ कार्तिक २०८१, आइतबार

बाँकेमा एकै पटक कोरोना संक्रमित ४७ जनाको यसरी हुँदैछ उपचार

प्रकाशित मिति :  18 May, 2020 6:32 pm


बाँके, ५ जेठ ।

बाँकेको नरैनापुरका ४७ जनालाई कोरोना संक्रमणको पुष्टि भएपछि नरैनापुरको प्राथमिक स्वास्थ्य केन्द्रमा राखिने भएको छ ।

स्वास्थ्य केन्द्रलाई आइसोलेन अस्पतालका रुपमा सञ्चालनमा ल्याएर अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भेरी अस्पताल नेपालगञ्जको मातहतमा रहने गरि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलनका रुपमा सञ्चालन गरिने जानकारी दिए ।

उनले भने,‘खजुराको क्यान्सर अस्पतालकै मोडेलमा यो आइसोलेसन अस्पतालन पनि सञ्चालन हुने छ । बाँकेको नरैनापुरमा कोरोनाका कारण एक जनाको ज्यान गईसकेको छ भने आज ४६ पुरुष र १ महिला संक्रमणको पुष्टि भएको छ ।

यसैबीच आजै गुल्मीमा कोरोना संक्रमणको पुष्टि भएका व्यक्ति मदाने गाउँपालिकाका भएको खुलेको छ । कोरोना पुष्टि भएका व्यक्ति स्वास्थ्य अवस्था ठीक नभएपछि उपचारका लागि यही जेठ १ गते रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना भएको खुलेको छ ।

ज्वरो र रुघाखोकीका कारण उपचारका लागि अस्पतालमा भर्ना भएका उनको कोरोना आशंकामा प्रदेश प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको मदानेका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

उनको अस्पतालको आइसियूमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साले जानकारी दिए । उपचाररत व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालमा आवतजावत गर्न रोक लगाईएको छ ।



प्रतिक्रिया दिनुहोस !