तीन प्रदेशमा हावाहुरीको सम्भावना, छ प्रदेशमा भारी वर्षा हुने
प्रकाशित मिति : 4 August, 2024 6:58 am
काठमाडौँ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।
आइतवार बिहानीपख गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाकाे छ ।
कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेकाले सचेतना अपनाउन विभागले अनुराेध गरेकाे छ।