११ कार्तिक २०८१, आइतबार

आज भोटो जात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

प्रकाशित मिति :  4 August, 2024 7:33 am


काठमाडौँ। आज वर्षात्का देउता मछिन्द्रनाथको भोटो जात्रा पर्व मनाइँदै छ । सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ ।

ललितपुरको पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि वढेदेखि मछिन्द्रनाथको रथ चोकचोकमा पु¥याइन्छ।

पुल्चोकवाट शुरुभएको यस रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेलमा गएर अन्त्य हुन्छ । यसरी दुबै रथहरु सबै ठाँउ पुगेर आईसकेर जावलाखेल मैदानमा राखिएपछि शुभसाईत हेरेर भोटोजात्राको मिति तय गर्ने परम्परा रही आएको छ ।



प्रतिक्रिया दिनुहोस !