३ माघ २०८१, बिहिबार

रास्वपाको राष्ट्रिय महाधिवेशन वैशाख तेस्रो साता गर्ने प्रश्ताव

प्रकाशित मिति :  4 August, 2024 8:21 am


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख तेस्रो साता पार्टीको महाधिवेशन गर्ने प्रश्ताव गरिएको छ ।

शनिवार सम्पन्न पार्टीको बन्द कार्यशालाले पार्टीको महाधिवेशन गर्नेगरी मिति समेत तय गर्नेगरी पार्टीको कन्द्रिय समितिलाई सो सुझाव दिएको हो ।

बैठकले पार्टीको राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय पनि गरेको छ । विधान संशोधन सुझाव कार्य दलको प्रतिवेदन भदौ मसान्त भित्र तयार गरी केन्द्रिय समितिमार्फत राष्ट्रिय भेलामा पेश गर्ने निर्णय पनि गरिएको पार्टीका कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रश्तावनाको व्याख्या गरी पार्टीको बाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने, शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने पनि बैठकमा सहमती भएको छ ।

संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन रास्वपाले जन आवाज अभियान समिति गठन पनि गर्ने भएको छ ।

रास्वपाले आगामी साता सातै प्रदेशमा पनि बन्द कार्यशाला आयोजना गर्ने र केन्द्रिय तहका नेताहरुलाई सहजीकरणका लागि परिचालन गर्ने निर्णय पनि गरेको छ । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !