२ माघ २०८१, बुधबार

कास्कीको मर्दी बेसक्याम्पमा मानव अवषेश फेला

प्रकाशित मिति :  4 August, 2024 11:44 am


काठमाडौँ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा मानव अवशेष फेला परेको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ कपडाको आडमा मानव अस्तिपञ्जर भेटिएको बताए ।

अवशेषसँगै एउटा आइफोन, च्यातिएका अवस्थामा कपडाहरू, स्लिपिङ व्याग लगायत सामग्री समेत भेटिएको उनले बताए । भेटिएको सो अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुनसक्ने आशङ्का गरिएको छ ।

पदमार्गको हाइ क्याम्पबाट मर्दी आधार शिविरतर्फ जानेक्रममा हराएका मिचलको त्यसबेला खोजी गरिए पनि फेला पर्न सकेका थिएनन् ।



प्रतिक्रिया दिनुहोस !