११ कार्तिक २०८१, आइतबार

शास्त्रीय संगीतका साधक गुरुदेव कामतको निधनमा मधेशमा राष्ट्रिय झण्डा आधा झुकाइयो

प्रकाशित मिति :  4 August, 2024 12:51 pm


काठमाडौँ । मिथिला क्षेत्रका चर्चित वरिष्ठ शास्त्रीय संगीत साधक तथा गायक गुरुदेव कामतको निधनमा मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाएको छ ।

शास्त्रीय संगीत साधक गुरुदेवको निधनको शोकमा प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । आइतबार प्रदेश मातहत रहेका सम्पूर्ण कार्यालयहरूमा रहेको राष्ट्रिय झण्डालाई आधा झुकाइएको हो ।

मिर्गौलासम्बन्धी समस्याले पीडित गायक कामतको बिहीबार बिहान सिरहाको पोखरभिन्डास्थित पुर्ख्यौली घरमै निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस !