१० पुस २०८१, बुधबार

काँग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएर छाड्छौँः महामन्त्री थापा

प्रकाशित मिति :  4 August, 2024 5:33 pm


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका छन् ।

आइतवार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरुलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरूले भरोसा गर्ने ठाउँमा पार्टीलाई पु¥याउने बताए ।

उनले पार्टीले गर्ने निर्णयहरुलाई शुद्ध र पवित्र राख्ने पनि बताए । उनले पार्टीभित्रको सुद्धिकरणको विषयलाई पनि आफुहरूले गम्भीरतापूर्वक लिएको बताए ।

“कतिपय कुरा परिणाममा पु¥याउन नसकिएको होला । तर प्रयत्न गर्ने कुरा छोडेको छैन । छोड्दैनौँ । यसलाई शुद्ध राख्ने, पवित्र राख्ने कुराको सन्दर्भमा यसलाई छोड्दैनौँ । पार्टी भित्रको शुद्धिकरणको विषयलाई गम्भिरतापूर्वक लिन्छौँ । गल्ती कमजोरीहरू सच्याएर पार्टीलाई भरोसा गर्ने ठाउँसम्म पु¥याउँछौँ । काँग्रेसलाई आस्थाको केन्द्र, निष्ठाको केन्द्र फेरि एकपटक बनाउनुपर्छ भन्ने तपाईहरुको चाहाना अनुसार त्यस्तो पार्टी बनाएरै छाड्छौँ,” उनले भने ।

उनले पार्टीले नेपाली काँग्रेसको कठिन समयमा पार्टी तथा आन्दोलनलाई जोगाउन भुमिका खेल्नुहुने अग्रजहरूलाई सम्मान गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !