१७ कार्तिक २०८१, शनिबार

नेपालको पछिल्लो दशक विकास र उन्नतिको दशक होः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  5 August, 2024 7:27 am


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो दशकलाई नेपालको आर्थिक विकास र उन्नतिको दशको रुपमा चित्रण गरेका छन्।

मुलुकमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको उल्लेख गर्दै उनले पछिल्लो ७० देखि ८० को दशकमा नेपालमा राजनीतिक परिवर्तनको दशक मात्रै नभएर आर्थिक विकास र उन्नतिको दशकको रुपमा रहेको दाबी गरे।

आईतवार ललितपुरमा आयोजित सडक विभागको आर्थिक वर्ष २०८०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले विकास प्रक्रिया ढिलो भएपनि पछिल्लो देशमा नेपाली जनजीवनले आधुनिक युगमा प्र्र्र्रवेश गरेको जिकिर गरे।

ओलीले बनमा गोठालो जाँदा समेत फोन गर्ने अवस्था मुलुकमा आएको दृष्टान्त पेश गर्दै केही पनि भएन भन्न नमिल्ने तर्क गरे। सडक, विद्युत, अस्पताललगायतका पूर्वाधार निर्माणको काम मुलुकमा अभियानको रुपमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले भने, “बनका घाँस काटदै गर्दा पनि पोल्टाबाट मोवाईल झिकेर फोन गर्ने अवस्था आयो । बरु कहिलेकहिले टिकटकलले तरकारी डढाएर भुसुक्क पनि बनाएको छ । सानातिना डिमेरिड बेग्लै हो । तर हामीले मोडनाईजेशनतर्फ देशलाई लैजाने प्रयास ग¥यौं । लग्यौ पनि ।”

उनले सडकमा झुन्डिने तारहरुलाई अन्डरग्राउन्ड गर्ने काम पनि सुरु गरिएको बताएका छन् । प्रक्रिया अलिक सुस्त रहे पनि केही भएन भन्ने अवस्था नरहेको र अब नेपाल दुर्गम नरहेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले थपे, “म प्रधानमन्त्री भएको बेला मैले एकैचोटी सबै गाउँपालिकाका सदरमुकाममा पुग्ने बाटो शिलान्यास गरेको थिएँ । केही सभाहल बने, केही खेल मैदान बने । भत्किएको रंगशाला बनायौं । पोखरामा नयाँ रंगशाला बनायौं । जनकपुरमा बनायौं ।”

प्रधानमन्त्री ओलीले नेपालमा योजनावद्ध विकासको थालनी राजा महेन्द्रले गरेपनि त्यसले निरन्तरता पाउन नसकेको र २०४६ सालपछि पनि निजीकरणको कारण विकास, निर्माणको कामले गति लिने अवस्था नबनेको भनाइ राखे।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !