२ माघ २०८१, बुधबार

आजदेखि एक महिने ‘गुँलापर्व’ सुरु

प्रकाशित मिति :  5 August, 2024 10:21 am


काठमाडौँ । आजदेखि एक महिनासम्म मनाइने ‘गुँलापर्व’ सुरु भएको छ । बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ ।

नेपाल संवत्को नवौँ महिनामा गुला पर्व मनाइन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो । यो पर्व बौद्ध समुदायबाहेक हिन्दू धर्मावलम्बीका नेवार समुदायले पनि मनाउने गर्दछन् ।

यस पर्वमा स्वयम्भू, महाचैत्य, यस पर्वमा स्वयम्भू, महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, बौद्ध, पाटनको पुल्चोकका साथै उपत्यकाका विभिन्न चैत्यस्थलको परिक्रमा गरिन्छ ।

गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा बजाउनु हो । यो बाजा राँगाको सिङबाट बनाइएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलन रहेको छ ।



प्रतिक्रिया दिनुहोस !