७ मंसिर २०८१, शुक्रबार

राजीनामा दिएर बंगलादेश छाडिन् प्रधानमन्त्री शेख हसिना

प्रकाशित मिति :  5 August, 2024 3:47 pm


काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छोडेकी छन् ।

ढाकामा ठूलो संख्यामा मार्च पास गरेका हजारौँ प्रदर्शनकारी प्रधानमन्त्रीको सरकारी निवासतिर आएको खबर पाएपछि प्रधानमन्त्री हसिना बहिनीसहित सुरक्षित स्थानमा गएकी हुन् ।

ढाका ट्रिब्युनका अनुसार सोमबार दिउँसो साढे २ बजे एक सैन्य हेलिकोप्टरमा चढेर उनी बंग भवनबाट निस्केकी थिइन् । उनी भारतको पश्चिम बंगाल पुगेको बताइएको छ ।

बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् ।



प्रतिक्रिया दिनुहोस !