बंगलादेशमा अन्तरिम सरकार गठन गर्ने सेनाप्रमुखको घोषणा
प्रकाशित मिति : 5 August, 2024 4:41 pm
काठमाडौँ । सरकारविरोधी प्रदर्शन उत्कर्ष पुगेसँगै प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ ।
सेना प्रमुख जनरल उज जमानले देशमा अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । उनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
हसिना भागेर भारत पुगेको बताइएको छ । केही बेरअघि प्रधानमन्त्री निवासमा हजारौंको संख्यामा प्रदर्शनकारी छिरेका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिना भागेपछि प्रदर्शनकारीहरू खुसी मनाइरहेका छन् ।