२ माघ २०८१, बुधबार

चार संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  6 August, 2024 7:31 am


काठमाडौँ । आज सङ्घीय संसद्का चारवटा संसदीय समितिका बैठक आज बस्दै छन् । सङ्घीय संसद् सचिवालयका अनुसार मङ्गलवार राज्यव्यवस्था तथा सुशासन, कानुन, न्याय तथा मानवअधिकार, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ । यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको छ । सो बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।त्यसैगरी बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । उक्त बैठकमा उपभोक्ता तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धनलगायतका सम्बन्धमा मन्त्रालयबाट भए गरेका काम कारबाही, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !