८ मंसिर २०८१, शनिबार

डेंगी संक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति :  6 August, 2024 2:26 pm


काठमाडाैँ । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा (इडीसीडी) का अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।

डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेशमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना संक्रमित भएका हुन् ।

काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस !