नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा, बुधवार उपाधिको लागि भारतसँग खेल्दै
काठमाडौँ। इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
नेपालले बुधवार उपाधिका लागि प्रमुख दाबेदार भारतको सामना गर्नेछ । अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ ।
इरानसँग लिग चरणमा भोगेको हारको बदला लिंदै फाइनलमा पुग्ने सोचमा रहेको नेपालले शुरूवात राम्रो ग¥यो । नेपाली टिमले आत्मविश्वासी प्रदर्शनमा पहिलो सेटमा इरानको युवा टोलीलाई २५–२१ ले हरायो ।
नेपालले खेलमा एक शुन्यको अग्रता बनायो । दोस्रो सेट नाटकीय बन्यो । नेपालले एक समय बनाएको ६ अंकको अग्रता गुमाउँदा इरानले २४–२१ को अग्रता बनायो ।
इरान सेट प्वाइन्टको लागि मात्र एक अंकको खोजीमा थियो । तर नेपालले लगातार तीन अंक जोडेर खेललाई २४–२४ मा पु¥यायो । संगठित प्रदर्शनमा नेपालले यो सेट २८–२६ ले जित्दै खेलमा दुई शुन्यको स्पष्ट अग्रता बनायो ।
तेस्रो सेट शुरूवातमा प्रतिष्पर्धात्मक बन्यो । तर नेपालले इरानलाई मौका नै दिएन र २५–२० ले हराउँदै सोझो सेटको जित दर्ज ग¥यो । नेपाल लिग चरणमा दोस्रो हुँदै र इरान तेस्रो भएर सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
अब बुधवार नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग उपाधिको लागि प्रतिष्पर्धा गर्नेछ । नेपालले जारी प्रतियोगिताको लिगमा भारत विरूद्ध पहिलो पटक जित हात पारिसकेको छ ।
फाइनल खेल बुधवार साँझ पाँच बजे हुनेछ । इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ ।
—न्युज एजेन्सी नेपाल