१२ पुस २०८१, शुक्रबार

बंगलादेशको अन्तिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त

प्रकाशित मिति :  7 August, 2024 8:40 am


काठमाडौँ। विद्यार्थी आन्दोलनको उत्कर्षसँगै सेख हरिनाको पतनपश्चात बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले मोहम्मद युनुसलाई मङ्गलबार राति बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा नियुक्त गरेका हुन्।

युनुस नोबेल पुरस्कार विजेता हुन् । शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति गरेर नियुक्त गरिएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन्।



प्रतिक्रिया दिनुहोस !