११ कार्तिक २०८१, आइतबार

स्याङ्जाको पुतलीबजारमा हुने कविता महोत्सवका लागि उत्कृष्ट २० कविता छनोट

प्रकाशित मिति :  7 August, 2024 11:11 am


काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगिताबाट उत्कृष्ट २० कविता छनौट भएका छन् ।

पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा देशभरबाट आएका १९९ कवितामध्ये निणार्यक मण्डलले २० कवितालाई उत्कृष्ट कविता घोषणा गरेको कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगिताका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।

यसरी घोषित २० उत्कृष्ट कविताले आगामी साउन ३१ गते हुने कविता महोत्सव समारोहमा स्वयंम प्रतिस्पर्धीले बाचन गर्नेछन् र सोही दिन निर्णायक मण्डलले उत्कृष्ट तीन कविता छनौट गर्नेछ र भव्य समारोहका बिच सम्पन्न हुने कविता महोत्सवमा पुरस्कार वितरण एवं कविता वाचन गरिने आयाेजकले जनाएकाे छ ।

कविता प्रतियोगितामा उत्कृष्टलाई १५ हजार ५ सय ५५, द्धितीयलाई ११ हजार १११ र तृतीयलाई ७ हजार ७सय ७७ रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रथम नागरिक कुलपति कविवर स्व केदार मान व्यथित, राजनीतिज्ञ एवं समाजसेवी स्व। पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व। चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले “भाषा, कला, संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ प्रतियोगिता एवं महोत्सवको आयोजना गर्न लागेको ट्रष्टका अध्यक्ष महेन्द्रमान व्यथितले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !