४ कार्तिक २०८१, आइतबार

बाँकेमा संक्रमित ५९ जनाको अझै उपचार सुरु भएन, रातभर क्वारेन्टाइनमै

प्रकाशित मिति :  19 May, 2020 9:21 am


बाँके, ६ जेठ ।

बाँकेको नरैनापुर गाँउपालिकामा हिजो कोरोना संक्रमण पुष्टि भएका ५९ जनाको अझै उपचार हुन सकेको छैन ।

संक्रमणको पुष्टिपछि पनि रातभर अन्य व्यक्तिसँग क्वारेन्टाइनमा संक्रमितहरुलाई विहानमात्रै अलग गरिएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख मानबहादुर विसीले विहान संक्रमितलाई अलग राखिएको बताएका छन् ।

सरकारले हिजो बेलुकी ५९ जनामा कोरोना संक्रमणको पुष्टि गरेपनि अझै आइसोलेशनमा राखेर उपचार सुरु हुन सकेको छैन । उनीहरुलाई नरैनापुरको प्राथमिक स्वास्थ्य केन्द्रमा राख्ने तयारी छ ।

स्वास्थ्य केन्द्रलाई आइसोलेन अस्पतालका रुपमा सञ्चालनमा ल्याएर अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भेरी अस्पताल नेपालगञ्जको मातहतमा रहने गरि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलनका रुपमा सञ्चालन गरिने जानकारी दिए ।

तर, आइसोलेशन तयार नहुँदा उनीहरुको उपचार हुन अझै समय लाग्ने देखिएको छ ।
एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नरैनापुर भने अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

एकै दिन ५९ जना कोरोना संक्रमित भेटिएपछि बाँकेको नरैनापुर पूर्ण बन्द गरियो



प्रतिक्रिया दिनुहोस !