काठमाडौँमा एक जार पानीको मूल्य ४७ रुपैयाँ,बढी लिए कारबाही हुने
प्रकाशित मिति : 8 August, 2024 2:01 pm
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी नलिन सचेत गराएको छ ।
विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्री गरेको जानकारी आएकाले सचेत गराइएको जनाएको छ ।
काठमाडौँ उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ र २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ ।
पानी उत्पादक कम्पनीहरूले यी मूल्यभन्दा फरक पर्ने गरी होटलररेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई मूल्यमा समानता कायम राख्न सचेत गराएको हो ।