१४ मंसिर २०८१, शुक्रबार

टिआरसीमा भएको सहमतीले देशमा दिगो शान्तिको लागि बाटो दिन्छः मन्त्री चौरसिया

प्रकाशित मिति :  8 August, 2024 4:22 pm


काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा सहमती जुट्नुले दिगो शान्तिको लागि बाटो दिएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा दलहरुका बिचमा सहमती जुटेसँगै देशलाई दिगो शान्तिको बाटो दिएको बताएका हुन् ।

उनले दलहरूका बिचमा भएको सहमती अनुरुप आएको विधेयक पीडितमैत्री भएको बताए । उनले विधेयकले सर्वोच्च अदालतले उठाएको विषयलाई समेटिएको बताए। त्यस्तै मानव अधिकारको उल्लंघन र मानव अधिकारको गम्भीर उल्लंघन, पीडितलाई परिपूरण दिने लगायतका सबै विषय पीडितमैत्री भएर आएको बताए ।

उनले भने, “लामो समयदेखि द्वन्दमा रहेका यो देशलाई तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र द्वन्द पक्ष माओवादी पार्टीका अध्यक्षसमेतले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने अठोट गरेको कारण आज १८ वर्षपछि यो कानुनमा सहमती भएको छ । यसले देशलाई दिगो शान्तिको लागि बाटो दिन्छ । पुनः यस्ता घटनाहरु यो देशमा नहुन भन्ने प्रयासहरू भइरहेको छ ।”

मन्त्री चौरसियाले देशमा पुनः द्वन्द्व हुन नदिनका लागि प्रयास भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !