औलोको संक्रमणबाट दाङमा एक जनाको मृत्यु
प्रकाशित मिति : 8 August, 2024 4:00 pm
दाङ । औलोको संक्रमणबाट दाङमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ७ भैंसाही नाकाका २५ वर्षिया डिलशा बुढाको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।
कार्यालय प्रमुख किशोर आचार्यका अनुसार टिएफ मलेरिया अर्थात् कडा खालको औलो संक्रमणका कारण बुढाको मृत्यु भएको हो । एक दशक यता नेपालमा औलो संक्रमणबाट कसैको पनि मृत्यु नभएको र यो घटना पहिलो भएको आचार्यले जानकारी दिए ।