४ आश्विन २०८१, शुक्रबार

सामाजिक सञ्चालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न सरकारको आग्रह

प्रकाशित मिति :  19 May, 2020 11:12 am


काठमाण्डौं, ६ जेठ ।

सरकारले सामाजिक सञ्चालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गरेको छ ।

मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा,कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारी रहेको भन्दै सरकारले त्रुटिपूर्ण नक्सा प्रयोग नगरिदिन आग्रह गरेको हो ।

भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले समाजाजिक सञ्जाल फेसवुकमा भेनिकी छन्,‘ आदरणीय महानुभावहरु,नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा,कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरेसँगै नयाँ नसक्सा सार्वजनिक गर्ने तयारीमा छौं,तसर्थ नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रही सामाजिक सञ्जालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगरीदिनुहुन विनम्र अनुरोध गर्दछु ।’

हिजो बसेको मन्त्रिपरिषद् बैठकले यसअघि छुटेको र भारतले अतिक्रमण गरेको भूभागसहितको अध्यावधिक नक्सा स्वीकृत गरेको थियो । नक्सा स्वीकृत गरेपनि औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी छ ।

सामाजिक सञ्जालमा चर्चामा रहेको नक्सा । आकार उस्तै देखिएपनि आधिकारिक होइन

सामाजिक सञ्जालमा भने विभिन्न खाले मिल्दोजुल्दो नक्सालाई नयाँ नक्सा भन्दै सार्वजनिक गरिएको छ । कतिपयले बाहिर आएको नक्सामा सुस्ता छुटाईएको भन्दै आलोचना समेत भएको छ । मन्त्री अर्यालले भने आधिकारिक नयाँ नक्साको लागि धैर्य गर्न आग्रह गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !