१४ मंसिर २०८१, शुक्रबार

अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्छः महामन्त्री थापा

प्रकाशित मिति :  8 August, 2024 5:47 pm


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्ताव अघि सारेका हुन् । उनले अनुचित कार्य कसले हेर्ने भन्नेबारेमा अनुचित कार्य हेर्नका निम्ति छुट्टै एउटा कानूनी प्रबन्ध गर्नुपर्ने बताए । उनले राष्ट्रिय शतर्कता केन्द्रलाई थप सशक्त बनाएर सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेर अनुचित कार्य हेर्ने जिम्मा दिन सकिने बताए ।

उनले नेपालमा ठूला ठूला भ्रष्टाचारका काण्डहरू मिलेमतोमा मात्रै भएको भन्दै मिलेमतो गर्नेकुरामा आवरण नीतिगत भ्रष्टाचालाई बनाइएको बताए । उनले कुन विषय नीतिगत हो, कुन विषय नीतिगत होइन छुट्याउन आवश्यक रहेको बताए ।

उनले भ्रष्टाचार जताततै रहेको भन्दै नियमनकारी निकायले सबैतिरको भ्रष्टाचार रोक्छ भन्ने सोच्न नहुने बताए । उनले नियमनकारी निकायहरु मिलिजुली भागबण्डामा बनाएकाले पनि भ्रष्टाचार रोक्न नसकिएको बताए ।महामन्त्री थापाले सरकार मिलिजुली बनेको झैँ भ्रष्टाचारका काण्डहरु मिलेमतो भएर मात्रै सम्भव हुने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !