बेलायतका नेपालीको ‘सान बढाउँदै’ रोल्पाली हरि, चर्चित अवार्डमा प्रथम बनाउन भोट गर्नुभयो?
काठमाडौँ। रोल्पा स्थायी घर भएका पूर्व बलायती सेना हरि बुढामगर बेलायतको एक प्रसिद्ध राष्ट्रिय अवार्डका लागि अन्तिम तीन जनामा परेका छन् ।
बेलायतीको आर्म फोर्सेस (आर्मी नेभी एयरफोर्स) समुदाय र भेटिरानस (आर्मी नेभी एयरफोर्स) समुदायको सबैभन्दा लोकप्रिय र महत्वपूर्ण मानिएकाे ‘द रोल्डरिङ अन् अवार्ड’को सबैभन्दा उच्च तहको ‘इन्सपाईरेसनल अवार्ड’ क्याटेगारीमा अन्तिम तीन जनामा बुढा छनोटका परेका हुन् ।
पहिलो नम्बरमा पर्नका लागि भने पब्लिक भोटिङ आवश्यक पर्छ । आफ्नो नाम र इमेल मात्र भएमा सित्तैमा भोट गर्न सकिनेछ।
बुढामगरले यो अवार्ड जितेमा गोर्खाली र नेपालीलाई बेलायती जनता र सरकारले हेर्ने दृष्टिकोणमा सकारात्मक छाप छाड्ने भएकाले आफू यो प्रतियोगितमा रहेको बताए।
आउँदो २६ अगष्ठ (भदौ १०) सम्म भोटिङ गर्न सकिनेछ भने अवार्ड वितरण कार्यक्रम १६ अक्टोबरमा हुनेछ ।
अवार्डको नियम अनुसार १० वटा क्याटेगोरीमा जजले छनोट गर्ने गर्छन् भने दुई वटा महत्वपूर्ण क्याटेगोरी पब्लिक भोटिङ बाट हुने गर्छ । जसमध्ये बुढा अन्तिम तीन मा परेका एक क्याटेगोरी हुन्।
यसरी गर्न सकिन्छ भोटः
सुरूमा यो लिंकमा जानुहोस्
त्यसपछि स्क्राेल गरेर अन्तिमतिर जानुहोस् ।
आफ्नो नाम, थर र इमेल लेख्नुहोस्
दाेस्रो नम्बरमा रहेको हरि बुढामगरमा क्लिक गर्नुहोस्।
यसपछि सबमिट गर्नुहोस्।
यसपछि तपाईंको तर्फबाट हरि बुढामगरका लागि एक भोट जोडिन्छ ।
एक पटक भोट गरिसकेपछि पुनः सोही नाम र इमेलबाट मिल्दैन । एउटै ल्यापटप वा कम्युटरबाट तपाइँकाे साथीले पनि भाेट गर्ने हाे भने नया ट्याव खाेलेर गर्न भने मिल्छ।