१४ मंसिर २०८१, शुक्रबार

आज नागपञ्चमी, नागराजको पूजा गरेर मनाइँदै

प्रकाशित मिति :  9 August, 2024 7:21 am


काठमाडौँ। आज नाग पञ्चमी । हिन्दू परम्परा अनुसार हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन को मूलढोकामा नागको तस्वीर टाँस्दै पूजार्चना गरी मनाइँदैछ।

वैदिक कालदेखि आजको तिथीमा नागराजसँग ब्रह्माको संवाद भएको मान्यता अनुसार नागपूजा गरिँदै आइएको छ।

मूल ढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट बचिने धार्मिक विश्वास समेत रहेको छ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पसमेतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ।

काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गर्ने गरिन्छ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन (ब्राह्मण) पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।



प्रतिक्रिया दिनुहोस !