१४ मंसिर २०८१, शुक्रबार

काठमाडौं महानगरनजिकै भासियो सडक, देखियो टुकुचा

प्रकाशित मिति :  9 August, 2024 11:28 am


काठमाडौं । काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकैको सडक भासिएर ठूलो भ्वाङ परेको छ। महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भाँसिदाँ रातिदेखिनै सवारी आवागमन रोकिएको छ ।

स्थानीयका अनुसार दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो। टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले जनाएका छन्। सडक भासिएको ठाउँमा तल टुकुचा देखिएको छ ।

अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !