सुन्दरीजल घुम्न गएका एक युवक घट्टेखोलामा मृत फेला
प्रकाशित मिति : 9 August, 2024 1:45 pm
काठमाडौँ । काठमाडौँको सुन्दरीजलमा एक जना युवा मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ स्थित सुन्दरीजल घट्टेखोलामा युवक मृत फेला परेका हुन्।
काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनी सुन्दरीजल घुम्न गएको र बिहीबार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको सूचना प्रहरीलाई गरिएको थियो। प्रहरी वृत्त बौद्व लगायत विभिन्न युनिटबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शुक्रबार शव फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ।