१४ मंसिर २०८१, शुक्रबार

समुदायमा आधारित बनाउन सके मात्रै वनको संरक्षण हुन्छः रक्षामन्त्री राई

प्रकाशित मिति :  9 August, 2024 4:38 pm


काठमाडाैँ । रक्षामन्त्री मानवीर राईले समुदायमा आधारित बनाएमात्रै वनहरूको संरक्षण हुने बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सामुदायिक वनमा आधारित भएर वन जंगलको संरक्षण हुने जिकिर गरे।

उनले सामुदायिक वनहरुको सुरक्षा गर्ने नीति अवलम्वन गर्न जरुरी रहेको बताए । उनले समुदाय जस्तै वन जंगलको पनि संरक्षण र संवद्र्धनमा जोड दिनुपर्ने बताए । उनले घाँस, दाउरा र काठको उपयोगका लागि मात्रै नभइ जनजीवनमा पर्ने प्रभावलाई हेरेर वन जंगलको संरक्षण गर्नुपर्ने बताए । उनले वनजंगलको संरक्षणसँगै पर्यटनको विकास हुने बताए ।

रक्षामन्त्री राईले वनजंगलमा रहेका अहिलेका बोटबिरुवाको संरक्षण मात्रै गर्नसके पनि पर्याप्त हुने बताए ।



प्रतिक्रिया दिनुहोस !