बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा मोहम्मद युनुसले शपथ लिए
प्रकाशित मिति : 10 August, 2024 1:53 pm
काठमाडाैँ । बंगलादेशी अर्थशास्त्री मोहम्मद युनुसले देशको अन्तरिम सरकारको प्रमुखको शपथ ग्रहण गरेका छन् । राजधानी ढाकास्थित राष्ट्रपति भवनमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनले युनुस र नयाँ अन्तरिम सरकारका अन्य सदस्यलाई शपथ गराएका हुन् ।
मुख्य सल्लाहकारका रूपमा युनुसको भुमिका प्रधानमन्त्रीजस्तै रहेको बताइएको छ । अन्तरिम सरकारमा १६ जना थपिएका छन् । युनुस बिहीवार दिउँसो ढाका पुगेका थिए । विमानस्थलमा सम्बोधन गर्दै उनले देशलाई अराजकता र हिंसाबाट जोगाउन आह्वान गरे ।
बुधवार राष्ट्रपतिका प्रेस सचिव मोहम्मद जोयनल अबेदिनले युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा काम गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति शाहबुद्दिनले मंगलवार संसद भंग गरेपछि अन्तरिम सरकार गठनको बाटो खुलेको थियो ।