१४ मंसिर २०८१, शुक्रबार

पेरिस ओलम्पिक्सको अन्तिम दिन सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिष्पर्धा गर्दै

प्रकाशित मिति :  11 August, 2024 8:23 am


काठमाडौँ। पेरिस ओलम्पिक्सको अन्तिम दिन भोलि नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिष्पर्धा गर्दैछिन् ।

युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा छनोट भएकी हुन् । सन्तषी गत १५ गते पेरिस गएकी हुन् । दश दिन पेरिसमा नै उनले प्रशिक्षण गरिन् । त्यहाँको मौसमसँगै अभ्यस्त भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन् ।

सन्तोषीले नेपालको लागि १३ औं दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन् ।

नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन्। जहाँ पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए ।

यस बाहेक अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !