१४ मंसिर २०८१, शुक्रबार

काठमाडौँ आइपुगे भारतीय विदेश सचिव मिस्री

प्रकाशित मिति :  11 August, 2024 10:52 am


काठमाडौँ । दुई दिने औपचारिक भ्रमणका लागि भारतीय विदेशसचिव विक्रम मिस्री काठमाडौँ आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले उनलाई स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबिच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुनेछ ।

साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्कनेछन् ।



प्रतिक्रिया दिनुहोस !